दफा ७७
लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्था
(१) धितोपत्र व्यवसायीले धितोपत्र कारोबार गर्नु अघि सम्बन्धित लगानीकर्ताको परिचय लिने, ग्राहक खाता खोल्ने, रकम लेनदेन गर्ने तथा कारोबार सम्बन्धी सम्झौता गर्ने सम्बन्धी व्यवस्था तोकिए वमोजिम हुनेछ । (२) कुनै पनि धितोपत्र व्यवसायीले धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी करार गरेपछि अर्को दिनको बजार बन्द हुनु अगावै करार नोट बनाउनु पर्नेछ र त्यस्तो नोटमा सो धितोपत्र व्यवसायीले एजेण्टको रुपमा करार गरेको भए करार नोटको सक्कल प्रति सम्बन्धित ग्राहकलाई दिनु पर्नेछ र आफ्नै लागि करार गरेको भए करार नोटमा सो कुरा उल्लेख गरी आफूसँग राख्नु पर्नेछ । (३) उपदफा (२) बमोजिमको करार नोटमा देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछः– (क) धितोपत्र व्यवसायको किसिम र त्यस्तो व्यवसाय सञ्चालन गर्ने ठाउँ, (ख) धितोपत्र व्यवसायीले आपैm मुख्य भई काम गरेको भए सोको विवरण, (ग) करार नोट दिनुपर्ने व्यक्तिको नाम र ठेगाना, (घ) करार भएको मिति र करार नोट तयार गरेको मिति, (ङ) धितोपत्रको विवरण र परिमाण, (च) धितोपत्रको प्रति इकाई मूल्य, (छ) करार अन्तर्गत तिर्नुपर्ने प्रतिफल सम्बन्धी विवरण, (ज) करार अन्तर्गत तिर्नुपर्ने कमिशनको रकम वा दर, (झ) कुनै दस्तुर लाग्ने भए त्यस्तो दस्तुरको दर तथा तत्सम्बन्धी विवरण, (ञ) हिसाब राफसाफ हुने दिन, (ट) तोकिए बमोजिमको अन्य कुराहरु ।